जनमत पार्टीका ६ जना केन्द्रीय सदस्यले दिए राजीनामा

_ZClym1j2cX.jpg)
काठमाडौ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा शरद सिंह यादवसहित ६ जना केन्द्रीय सदस्यहरूले पार्टीबाट राजीनामा दिएका छन्।
यसमा जनमत युवा संघका संयोजक संजयकुमार यादव र अन्य नेताहरू पनि सामेल छन्। उनीहरूले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका हुन्। राजीनामा पत्रमा उनीहरूले नेतृत्व परिवर्तनको माग गर्दा डा सीके राउत र उनका भाई डा जयकान्त राउतको असहयोग र अपमानजनक व्यवहारका कारण राजीनामा दिएको बताएका छन्।
यस अघि उनीहरुले पार्टी अध्यक्ष सीके राउतलाई २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए ।