कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु

User Image Prime TV News एक घण्टा अगाडि
Image of कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ।

सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको यो पहिलो बैठक हो। काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो।

नयाँ कार्यसमिति चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। विशेष महाधिवेशनपछि कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ। संस्थापन पक्षले बुधबार छुट्टै केन्द्रीय कार्यसमिति बैठक राख्दै सभापति थापा र महामन्त्री शर्मालाई अनुशासनको कारबाही गर्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको थियो।

उक्त निर्णयसँगै कांग्रेस विभाजित भएको थियो ।