सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १५ सय रुपैयाँ घट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य एकै दिन घटेपछि बजारमा चासो बढेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र अमेरिकी डलरसँगको विनिमय दरको प्रभावका कारण सुनचाँदीको मूल्यमा फेरबदल भइरहेको छ।
आगामी दिनमा पनि बजार मूल्यमा उतारचढाव जारी रहने सम्भावना रहेको व्यवसायीहरू बताउँछन्।













