जनार्दन शर्माले एमालेसँग चुनावी सहकार्यको प्रस्ताव राखे, रुकुम पश्चिममा समर्थन पक्का

User Image Prime TV News एक महिना अगाडि
Image of जनार्दन शर्माले एमालेसँग चुनावी सहकार्यको प्रस्ताव राखे, रुकुम पश्चिममा समर्थन पक्का

काठमाडौ । माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव गरेका छन्।

डा. बाबुराम भट्टराई र शर्मा स्वयंको संरक्षणमा स्थापित प्रलोपा पछिल्लो समय विभिन्न जिल्लामा आफ्नो उपस्थिति सुदृढ पार्दैछ। स्रोतका अनुसार शर्मा हालै गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग व्यक्तिगत भेट गरेका छन्। वार्ता एक्लै भएकोले विस्तृत विवरण बाहिर आएको छैन। तथापि, शर्मा पार्टीको रणनीतिक क्षेत्रहरूमा चुनावी सहकार्य गर्न तयार रहेको बताएका छन्।

उक्त प्रस्ताव अनुसार, ओलीले पनि केही क्षेत्रमा प्रलोपा र नेत्रविक्रम चन्द विप्लव समूहलाई सहयोग गर्न सक्ने सम्भावना देखाएका छन्। विशेष गरी रुकुम पश्चिममा शर्मा पार्टीलाई समर्थन गर्न एमाले सकारात्मक रहेको बताइएको छ।

एमालेले प्रलोपा पक्षलाई सूर्य चिह्नबाट चुनाव लड्न आग्रह गरेको छ भने, शर्माको पार्टीको चुनाव चिह्न भने “आँखा” रहेको छ। रुकुम, रोल्पा, कालिकोट लगायतका जिल्लामा एमालेले विभिन्न समूहसँग सहकार्य गरेर चुनावी रणनीति अघि बढाउने तयारी गरेको नेताहरुले बताएका छन्।