महेश बस्नेतको आरोपः ‘सरकारले एमाले र कांग्रेस फुटाउने ठूलो डिजाइन बनाएको’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारमाथि एमाले र कांग्रेस दुवै पार्टीको विभाजनमा ठूलो राजनीतिक षड्यन्त्र तयार गरेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, “हामीले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्यौँ। तर त्यसपछि पार्टीभित्र निरङ्कुशता बढेको र एमालेलाई ‘दासहरूको पार्टी’ भन्न थालिएको कुरा गगन थापाको मुखबाट बाहिर आयो। उहाँले यसलाई आफ्नो राजनीतिक अभिनयको माध्यम बनाउने प्रयास गर्नुभयो।”
उनले वर्तमान राजनीतिमा एमाले अध्यक्ष केपी ओली वरिपरि घुमिरहेको बताउँदै भने, “एमाले फुटाउन चाहँदा सफल नभएपछि कांग्रेस विभाजन गरियो। विपक्षी दल फुट्दा हाम्रो काम सजिलो भएको छ, तर हामी यसबाट खुसी छैनौँ। यो ग्राण्ड डिजाइनले कांग्रेस फुटाएको हो, र यो नेपालको लोकतान्त्रिक तथा राष्ट्रिय आन्दोलनका लागि दुखद घटना हो।”












