देवराज चालिसे नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त

User Image Prime TV News एक महिना अगाडि
Image of देवराज चालिसे नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमार्फत नेता देवराज चालिसेलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बिहीबार, माघ १ मा ललितपुरको कुपण्डोलमा बसेको थियो। बैठकले पार्टीको रणनीति, सञ्चार र संगठनात्मक जिम्मेवारीहरूबारे छलफल गर्दै चालिसेको नियुक्ति गरेको हो।

विशेष महाधिवेशन भने बुधबार, पुस ३० राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो। यस महाधिवेशनबाट सभापतिमा गगन थापासहितको नयाँ केन्द्रीय समिति निर्वाचित भएको थियो। पार्टीले चालिसेको नियुक्तिलाई सञ्चार र पार्टी रणनीति सुदृढ गर्ने महत्वपूर्ण कदमको रूपमा लिएको छ।