निर्वाचन आयोगबाट चाँडै आधिकारिकता पाउने गगन थापाको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन्।
उनले निर्वाचन आयोगमा आवश्यक सम्पूर्ण कागजात बुझाइसकेका छन् र पर्सि (३ गते) भित्र आधिकारिकता पाउने अपेक्षा राखेका छन्। थापाका अनुसार, केन्द्रीय कार्यसमिति भंगको जानकारी आयोगमा गराइसकेका हुनाले विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको रूपमा आधिकारिकता पाउने दाबी गरेका छन्।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार, दलको पदाधिकारी परिवर्तन भएमा आयोगलाई जानकारी दिनुपर्छ भने चुनाव चिह्न र झन्डाको विवाद भएमा आयोगमार्फत समाधान खोज्न सकिन्छ। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन तय भएकाले, आगामी माघ ६ भित्र प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने भएकाले, विशेष महाधिवेशन पक्षधरले आयोगलाई विवाद टुंग्याउन आग्रह गरेका छन्।












