गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले चुनाव तयारी तीव्र पार्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित तयारी अघि बढाएको छ।
पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले सभापतिका नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति पनि गठन गरिएको छ।
बैठकले पार्टीको अभिलेख अद्यावधिक गर्ने काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको चालिसेले बताएका छन्। पार्टीले यी कदममार्फत आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रणनीति र तयारीलाई व्यवस्थित गर्ने योजना बनाएको छ।













