गगन थापाले कांग्रेस नेतृत्वको दस्तावेज निर्वाचन आयोगमा बुझाए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको दस्तावेज निर्वाचन आयोगमा बुझाएका छन्।
थापासहितका पदाधिकारीहरू बिहीबार आयोगमा पुगेर दस्तावेज आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए। बिहीबारै बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीहरूले पार्टीको विवरण अद्यावधिक गर्न आयोग जाने निर्णय गरेका थिए।
यस क्रममा उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतका पदाधिकारी पनि उपस्थित थिए। पार्टीले यस कदममार्फत नवनिर्वाचित नेतृत्वको आधिकारिकता सुनिश्चित गर्ने र आगामी निर्वाचन तयारीलाई कानूनी रूपमा बलियो बनाउने उद्देश्य राखेको बताइएको छ।













