फिफा विश्वकप २०२६ अब टिकटकमा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । डिजिटल प्लेटफर्म टिकटकले फिफासँग सम्झौतामार्फत् विश्वव्यापी साझेदारी गर्दै फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल कभरेज प्रदान गर्ने भएको छ।
यस साझेदारीले समर्थक र कन्टेन्ट क्रिएटरहरूलाई बीहाइन्ड–द–सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभव जस्ता सुविधा उपलब्ध गराउनेछ। टिकटकले लाइभ खेल प्रसारणका साथै प्रतियोगितासँग समर्थकहरूलाई जोड्ने केन्द्रीय भूमिका निर्वाह गर्नेछ।
यसरी टिकटक मौलिक सामग्री उत्पादन वृद्धि र विश्वकपको व्यापक डिजिटल पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ। साझेदारीको मुख्य माध्यम इमर्सिभ फिफा विश्वकप २०२६ हब हुनेछ । जहाँ समर्थकहरूले ४८ टिम सहभागी हुने प्रतियोगितामा प्रत्यक्ष अनुभव लिन सक्नेछन्।













