डा. शेखर कोइरालाले कांग्रेस विभाजन रोक्न नसकेको स्वीकारे

User Image Prime TV News एक महिना अगाडि
Image of डा. शेखर कोइरालाले कांग्रेस विभाजन रोक्न नसकेको स्वीकारे

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्ने आफ्नो प्रयास सफल नभएको स्वीकार गरेका छन्।

बिहीबार जारी वक्तव्यमा उनले भने, “कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न।”

कोइरालाले यसबीचका देखिएका र नदेखिएका अन्तरविरोध तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसलाई कमजोर पार्ने षडयन्त्रको साक्षी भएको उल्लेख गरे। उनले पार्टी एक भएर चुनावमा जानुपर्ने प्रयास भए पनि सफल नभएको र वर्तमान अवस्थामा कांग्रेसको आठ दशक लामो इतिहास जोगाउने चुनौती रहेको बताए।

कोइरालाले बीपी कोइरालाको उदाहरण स्मरण गर्दै भने, “बीपीलाई समर्थन गर्ने लाखौं साथीहरू अविचलित रहे, तर केही व्यक्ति र समूह विपीलाई छोडेर गए। यसलाई नियतिको खेल भन्नुहुन्थ्यो।” डा. कोइरालाले पार्टी भित्रका समस्याको वस्तुपरक समीक्षा इतिहासमा सुम्पेर वर्तमान नेतृत्व र सदस्यहरूलाई भविष्यका लागि सचेत रहन आग्रह गरेका छन्।