नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो, नयाँ दर आजदेखि लागू

User Image Prime TV News ५ घण्टा अगाडि
Image of नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो, नयाँ दर आजदेखि लागू

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। निगमले तय गरेको नयाँ मूल्यसूची आजदेखि देशभर लागू भएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। संशोधित मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

निगमले माघ १ गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरेको जनाएको छ। सोही आधारमा निगमको सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ भइरहँदा पनि नेपालमा इन्धनको मूल्य लामो समयसम्म उच्च रहने गरेको आलोचना हुँदै आएको छ। यसपटकको मूल्य घटौतीले उपभोक्तालाई सामान्य राहत दिएको भए पनि बढ्दो महँगीका बीच यो पर्याप्त नरहेको गुनासो कायमै छ।