तत्कालीन महामन्त्रीहरूले झुटा आरोप लगाएः पूर्णबहादुर खड्का

User Image Prime TV News एक महिना अगाडि
Image of तत्कालीन महामन्त्रीहरूले झुटा आरोप लगाएः पूर्णबहादुर खड्का

काठमाडौ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवादका लागि तत्कालीन महामन्त्रीहरूले झुटा आरोप लगाएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खड्काले पार्टी विखण्डन रोक्न नसकेको कुरामा आफूमाथि दोष लगाइए पनि त्यो गलत र आधारहीन भएको बताए। उनले विशेष महाधिवेशनको औचित्य नियमित महाधिवेशनको तालिका अनुसार नै समाप्त भएको निष्कर्ष तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा गरिएको बैठकले निकालेको बताए । 

खड्काका अनुसार प्रतिनिधिसभा निर्वाचन अघि बढिसकेको र राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा पार्टीमा गम्भीर अवस्था सिर्जना भएको थियो। उनले थपे, “विशेष महाधिवेशन गर्ने भनेको पार्टीलाई विखण्डन पार्ने हो, जनताले पार्टीमा गरेको विश्वास र भरोसा टुट्छ। उहाँहरूले उठाएका सबै कुरा सम्बोधन गर्दै अघि बढाइयो। सभापतिले समेत छलफल गर्नुभयो।”

उनले स्पष्ट पारेका छन् कि राष्ट्रिय सभाको उम्मेदवारको टिकट र प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा सुधार सभापतिले अनुमति दिएका थिए। तर पार्टी विखण्डन रोक्नुपर्ने जिम्मेवारी भने उनै महामन्त्रीहरूको थियो।

खड्काले वर्तमान विवादमा सभापतिलाई दोष लगाइएको प्रति आपत्ति जनाउँदै भने, “उहाँहरूले सभापतिलाई दोष दिई हालिएको अवस्था झूटा र गलत हो। विशेष महाधिवेशन बोलाउने अधिकार विधानले उहाँहरूलाई दिएको छैन।”