देउवा समूहको चेतावनी : निर्वाचन आयोगले अवैधानिक निर्णय गरे कांग्रेस देशभर आन्दोलनमा जाने

User Image Prime TV News एक महिना अगाडि
Image of देउवा समूहको चेतावनी : निर्वाचन आयोगले अवैधानिक निर्णय गरे कांग्रेस देशभर आन्दोलनमा जाने

काठमाडौ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्व समूहले निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलनमा भने, “निर्वाचन आयोगले संविधान, कानुन र पार्टी नियमावली विपरीत निर्णय गरे कांग्रेसले देशभर आन्दोलन गर्छ।” खड्काले भने, आयोगले यस्तो निर्णय नगर्नेमा विश्वास आफूलाई रहेको छ।

तर बाहिर आएका चर्चा र बहसले यदि कानुनी वा विधानविपरीत निर्णय भयो भने पार्टी त्यसको सामना गर्न सर्वत्र सक्रिय हुने तयारीमा रहेको स्पष्ट पारे। उनी कार्यकर्तालाई सचेत गराउँदै अघि थपे, “हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोल्नेछ। त्यस बेला उपस्थित हुन पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु।”