निर्वाचन प्रहरीमा आवेदनको भीड, केही जिल्लामा म्याद थप

User Image Prime TV News ४ घण्टा अगाडि
Image of निर्वाचन प्रहरीमा आवेदनको भीड, केही जिल्लामा म्याद थप

काठमाडौ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीमा आवेदनको संख्या वढी परेको छ।

नेपाल प्रहरीका अनुसार बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन्, जबकि कुल माग १,३३,९८० जनाको मात्र थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, देशका केही ३६ जिल्लामा मागभन्दा कम आवेदन परेका कारण ती जिल्लामा आवेदनको म्याद २ दिन थप गरिएको छ ।

म्यादी प्रहरीको भर्ना प्रक्रिया २४ पुसमा खुला भएको थियो र आवेदनको अन्तिम मिति बिहीबार तय गरिएको थियो। यसैबीच, सशस्त्र प्रहरीले पनि छुट्टै निर्वाचन सुरक्षा प्रहरीका लागि आवेदन लिइरहेको छ। भर्ना प्रक्रियामा पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विभिन्न सुरक्षा निकायमा काम गरिसकेका र स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने जानकारी दिइएको छ।

साथै, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरेका र विदेशी सुरक्षा निकायमा सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन्। नेपाल प्रहरीले जनसङ्ख्याभन्दा बढी आवेदन आए पनि सबै जिल्लामा आवेदन पुर्‍याउने प्रयास जारी राखेको छ।