कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर पर्दैनः प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर पर्दैनः प्रचण्ड

चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस बिभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उव्जिएको भन्दै चूनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताए ।

निर्वाचनको मुखमा ठूलो पार्टी बिभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगाएत सुरक्षा निकायसंग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे । 

सवै पार्टीहरु निर्वाचनतिर नै केन्द्रीत भएकाले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट बितरण सुरु गरिसकेको बताए । प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरु कुनै बिकल्प नभएको भन्दै अन्य बिकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने बताए ।