रवि लामिछाने जोडिएको मुद्दामा महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा दोस्रो रिट

User Image Prime TV News एक महिना अगाडि
Image of रवि लामिछाने जोडिएको मुद्दामा महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा दोस्रो रिट

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन दर्ता भएको छ।

सहकारी ठगी प्रकरणसँग सम्बन्धित गम्भीर अभियोगहरूमा मुद्दा फिर्ता लिने वा अभियोग संशोधन गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट निवेदन पेस गरेका हुन्।

रिट निवेदनमा उक्त निर्णयले न्यायिक प्रक्रियामाथि गम्भीर असर पार्ने र अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिने प्रयास भएको उल्लेख गरिएको छ। साथै, महान्यायाधिवक्ताको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतसँग अन्तरिम आदेशको माग गरिएको छ।

यसअघि पनि युवराज पौडेल (सफल) ले पनि रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।