शेरबहादुर देउवा पक्षका कार्यकर्तालाई गालिगलौज नगर्न निर्देशन गगन र विश्वप्रकाशको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा आधिकारिकता विवाद जारी रहँदा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीका नेताहरूलाई शेरबहादुर देउवा पक्षका कार्यकर्तालाई लक्षित गरी गालिगलौज नगर्न निर्देशन दिएका छन्।
गगन थापा पक्षका एक पदाधिकारीका अनुसार, “भोलि हामीले आधिकारिकता पाए पनि सबैलाई मिलाएर अगाडि बढाउनु पर्छ। त्यसैले अहिले अर्को पक्षका नेताहरूलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपहेलना नगर्न सभापति र उपसभापतिले स्पष्ट निर्देशन दिएका छन्।”
यसअघि देउवा पक्षले सामाजिक सञ्जालमा गगन थापा पक्षका नेताकार्यकर्ताद्वारा गालिगलौज भएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो। हाल निर्वाचन आयोगमा दुई पक्ष भेला भएका छन्।
आयोगभित्र गगन थापा समूह उपस्थित छ भने बाहिर देउवा पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको र प्रहरीले सम्भावित तनाव नियन्त्रणमा राख्न तयारी अवस्थामा रहेको बताइएको छ ।













