निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दियो

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दियो

काठमाडौ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई नै आधिकारिक नेपाली कांग्रेसका रूपमा मान्यता दिने निर्णय गरेको हो। यस निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा थापा नेतृत्वको पक्षको अधिकारमा गएको छ।

आयोगको निर्णयपछि गगन थापा औपचारिक रूपमा नेपाली कांग्रेसका सभापति बनेका छन्। आयोगको निर्णयले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टीको आधिकारिक हैसियत र चुनाव चिह्नबाट बाहिरिएको छ।

उक्त पक्ष अब दलविहीन अवस्थामा पुगेको छ। निर्वाचन आयोगले सो समूहलाई नयाँ दलको नाम र चुनाव चिह्न रोज्न निश्चित समय दिने जनाएको छ। लामो समयदेखि कांग्रेसभित्र चल्दै आएको आन्तरिक विवाद अन्ततः निर्वाचन आयोगको निर्णयबाट टुंगिएको हो।

यो घटनाक्रमले नेपाली कांग्रेसको आन्तरिक संरचना मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि ठूलो तरंग ल्याउने देखिएको छ।