कानुनी लडाइँ अघि बढाउने जिम्मेवारी खड्कालाई

User Image Prime TV News एक महिना अगाडि
Image of कानुनी लडाइँ अघि बढाउने जिम्मेवारी खड्कालाई

काठमाडौ ।नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगविरुद्ध कानुनी लडाइँ अघि बढाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको हो।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो। उक्त निर्णयपछि देउवा पक्षले यसलाई स्वीकार गर्न अस्वीकार गर्दै प्रतिवादको बाटो रोजेको हो।

बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न तथा आवश्यक सबै कानुनी प्रक्रिया अघि बढाउन खड्कालाई अख्तियारी दिइएको उल्लेख छ ।