वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश, कपिलवस्तु–३ बाट उम्मेदवार बन्ने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया नेकपा (एमाले) मा प्रवेश गरेका छन्। शनिबार उनले कांग्रेस परित्याग गर्दै एमालेको औपचारिक सदस्यता लिएका हुन्।
पूर्वसहायक मन्त्रीसमेत रहेका कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता दिएका छन्। एमाले प्रवेशसँगै कनौडियाले आगामी प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु–३ बाट उम्मेदवार बन्ने बताएका छन्।
कनौडियाको दल परिवर्तनलाई कपिलवस्तु क्षेत्रको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। कांग्रेसको पृष्ठभूमि भएका र संसदीय अनुभव बोकेका नेता एमालेमा प्रवेश गर्नुले चुनावी समीकरणमा असर पार्ने निश्चित देखिन्छ।
एमालेले निर्वाचनलाई केन्द्रमा राख्दै प्रभावशाली र जित्ने सम्भावना भएका उम्मेदवारलाई अघि सार्ने रणनीति अपनाइरहेका बेला कनौडियाको प्रवेश त्यसैको हिस्सा मानिएको छ।












