संसद् भवन जलेपछि राष्ट्रियसभा सिंहदरबारमा, १९औँ अधिवेशन आजदेखि

User Image Prime TV News एक महिना अगाडि
Image of संसद् भवन जलेपछि राष्ट्रियसभा सिंहदरबारमा, १९औँ अधिवेशन आजदेखि

काठमाडौ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ।

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएपछि यसपटक अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयबाट सञ्चालन गरिन लागेको हो।

अधिवेशनको पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। साथै हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनका लागि सबै तयारी पूरा भएको दाबी गरे ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३(१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन गर्ने तयारी अगाडि बढाएको छ।