राष्ट्रियसभा संवैधानिक दायित्व र संसदको जिम्मेवारी पूरा गर्न सधैं क्रियाशील छः राष्ट्रियसभा अध्यक्ष दाहाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रियसभा संवैधानिक दायित्व र संसदको जिम्मेवारी पूरा गर्न सधैं क्रियाशील छः राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौ । राष्ट्रियसभा अध्यक्षले संविधान दिवसको अवसरमा एक महत्वपूर्ण सन्देश दिएका छन्। उनले वर्तमानमा प्रतिनिधिसभा नभए पनि राष्ट्रियसभा संवैधानिक दायित्व र संसदको जिम्मेवारी पूरा गर्न सधैं क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै, स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिहरूको संरक्षणमा सक्रिय रहन सबैलाई आह्वान गरेका छन् । 

उनले  जेनजीको आन्दोलनले ल्याएको परिवर्तन र त्यससँग सम्बन्धित चुनौतिहरूको चर्चा गर्दै संविधानको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्ने महत्त्वमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले संविधान दिवसको अवसरमा संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संविधानसभामा जनताबाट निर्वाचित प्रतिनिधिहरूको योगदानलाई स्मरण गर्दै, हरेक वर्ष असोज ३ गते संविधान दिवसको रूपमा मनाउने परम्परा कायम राखिएको पनि शुभकामना सन्देशमा ब्यक्त गरेका छन् ।