रास्वपाको केन्द्रीय समिति बैठक आज, प्रत्यक्ष उम्मेदवार चयन मुख्य एजेन्डा
Prime TV News एक महिना अगाडि काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बोलाइएको हो।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का विषयमा छलफल हुने बताइएको छ। विशेष गरी पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार कसरी र कसलाई बनाउने भन्ने विषय बैठकको मुख्य एजेन्डा रहनेछ।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेपछि सबै राजनीतिक दलहरू उम्मेदवार छनोटमा तीव्र रूपमा जुटेका छन्। रास्वपाभित्र पनि उम्मेदवार चयनलाई लिएर चासो र दबाब बढेको छ।
यसअघि रास्वपाले खुला आवेदनमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको थियो। आजको बैठकले उम्मेदवार छनोटको मापदण्ड र अन्तिम सूची निर्माणको दिशामा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।













