कांग्रेस आधिकारिकता विवादमा शेखर कोइराला समूह अदालतभन्दा आन्तरिक छलफलमा केन्द्रित

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस आधिकारिकता विवादमा शेखर कोइराला समूह अदालतभन्दा आन्तरिक छलफलमा केन्द्रित

काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध पार्टीभित्र फरक–फरक धार देखिएको छ । देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगे पनि नेता डा. शेखर कोइराला र उनीनिकट समूह भने अदालत नगई आन्तरिक छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगको निर्णयले कांग्रेसको ठूलो हिस्सालाई पार्टीविहीन बनाउने र आगामी निर्वाचनमा सहभागी हुन नपाउने अवस्था सिर्जना हुन सक्ने भन्दै देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मालगायत नेताहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

तर शेखर कोइराला पक्ष भने कानुनी लडाइँभन्दा अगाडि बढेर संगठनभित्रै रणनीति तय गर्ने तयारीमा देखिएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न डा. कोइरालाले आज दिउँसो १ बजे आफ्ना निकटका नेताहरूको बैठक बोलाएका छन् ।

यस अघि हिजो बिहान आफ्ना समर्थक नेताहरूसँगको छलफलमा डा. कोइरालाले आफूहरू विपक्षी भूमिकामा रहेकाले अदालतबाटै न्याय खोजिने बताएका थिए । यद्यपि, आज सर्वोच्च अदालतमा कोइराला समूहका नेताहरूको उपस्थिति देखिएन ।

शुक्रबार देउवा पक्षले सानेपामा आयोजना गरेको बैठकमा पनि डा. कोइराला सहभागी भएका थिएनन् ।