आईसीसी महिला टी-२० ग्लोबल छनोट: नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित

User Image Prime TV News एक महिना अगाडि
Image of आईसीसी महिला टी-२० ग्लोबल छनोट: नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित

काठमाडौ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १२२ रन बनाउँदै अलआउट भयो। बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् भने सम्झना खड्काले ११ बलमा २६ र रुबिना क्षेत्रीले १७ रन जोडे। जवाफमा थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा १२३ रनको लक्ष्य पुरा गर्दै सहज जित हात पारेको हो। विजयी रन २ रन आवश्यक हुँदा प्रहार गरिएको चौकाबाट बनेको थियो।

थाइल्यान्डका नथाकन चन्थम अविजित ५७ रनमा रोकिइन्, नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन जोडे। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिए। थाइल्यान्डका थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए भने अन्य बलरले एक–एक विकेट लिए।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।