नेकपा गोरखाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले गोरखाको दुवै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। गोरखा-१ बाट हरिराज अधिकारी र गोरखा-२ बाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ।
दुवै उम्मेदवारलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट प्रदान गरेका हुन्। अधिकारी २०७४ मा गोरखा-१ बाट निर्वाचित भइसकेका छन्। गोरखा-२ मा भने २०७४ मा तत्कालीन नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
२०७९ मा प्रचण्ड स्वयं गोरखा-२ बाट निर्वाचित भएका थिए। गोरखा-१ बाट माओवादीसहितको समर्थनमा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका थिए। यसपटक प्रचण्ड रूकुम पूर्व र नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। लेखनाथ न्यौपाने भने पहिलोपटक चुनावी मैदानमा होमिँदैछन्। उनी अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।













