देउवा पक्षले निर्वाचन स्थगनको माग गर्दै आयोगमा निवेदन पेश

User Image Prime TV News एक महिना अगाडि
Image of देउवा पक्षले निर्वाचन स्थगनको माग गर्दै आयोगमा निवेदन पेश

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षले आगामी फागुन २१ मा प्रस्तावित प्रतिनिधि सभा निर्वाचन स्थगन गर्न निर्वाचन आयोगमा निवेदन पेश गरेको छ।

देउवा पक्षले आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई मान्यता दिएको निर्णयलाई असंवैधानिक ठहर गर्दै, सर्वोच्च अदालतमा रिट निवेदन पनि दायर गरेको छ। रिट समावेश गर्दै आयोगमा जानकारी गराउँदै उनीहरूले निर्वाचन कार्यक्रम स्थगन गर्न माग गरेका छन्।

निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “निर्वाचन आयोगले नेपाली कांग्रेससँग सम्बन्धित अवैधानिक, असंवैधानिक, गैरकानुनी तथा बदनीयतपूर्ण निर्णय गरेको विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अदालतले निर्णय नगरेसम्म आयोगका सबै निर्वाचन प्रक्रिया स्थगित रहोस् भनी जानकारी गराउँदैछौं।”

देउवा पक्षले पेश गरेको रिटमा उम्मेदवारी चयन रोक्न, आयोगको निर्णय बदर गर्न, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न, प्रतिनिधि सभा मनोनयन रोक्न र नयाँ मिति तोक्न परमादेश जारी गर्न समेत माग गरिएको छ।