बालेन शाहले काठमाडौं मेयर पदबाट राजीनामा दिए, उपप्रमुख सुनिता डंगोल कार्यबाहक प्रमुख
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले आफ्नो राजीनामा औपचारिक रूपमा उपप्रमुख सुनिता डंगोलसमक्ष बुझाएका हुन्। डंगोलले भने, “हो, उहाँको राजीनामा आएको हो। मलाई नै बुझाउनुभएको छ।” राजीनामा बुझाएपछि शाह केहीबेर रास्ट्रिया स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयतर्फ लागेका छन्।
रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भीड देखिएको छ। दिउँसो १ बजे नै पुग्ने भनिए पनि, उनी राजीनामा र आगामी राजनीतिक कदमबारे केही समय दोधारमा परेपछि केहीबेर ढिलो भएर पुगे।
राजीनामाको कारणबारे जानकारी दिँदै शाहले फागुन २१ मा हुने प्रतिनिधिसभा आम चुनावमा उम्मेदवारी दर्ता गर्न र राष्ट्रिय राजनीतिमा प्रवेश गर्न यो निर्णय लिएका हुन्। उपप्रमुख सुनिता डंगोलले अब महानगर सञ्चालनको जिम्मेवारी कार्यबाहक प्रमुखको रूपमा सम्हाल्नेछिन्।












