प्रतिनिधि सभाको टिकट वितरणमा उपमहासचिव योगेश भट्टराईको असहमति, नोट अफ डिसेन्ट दर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधि सभाको टिकट वितरणमा उपमहासचिव योगेश भट्टराईको असहमति, नोट अफ डिसेन्ट दर्ता

काठमाडौ । नेपाल एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकट वितरण निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गरेका छन्।

शनिबार बसेको सचिवालय बैठकले देशभरका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो। बैठकको निर्णयसँग असहमति जनाउँदै भट्टराईले आफ्नो विरोध स्पष्ट पार्ने नोट अफ डिसेन्ट लेख्ने योजना बनाएका थिए।

स्रोतका अनुसार, भट्टराईले आइतबार पार्टी कार्यालय पुगेर चारवटा मुख्य बुँदामा आफ्नो असहमति राख्दै नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। पार्टी कार्यालय स्रोतले यो जानकारी पुष्टि गरेको छ। उपमहासचिव भट्टराईको कदमले पार्टीभित्रको भित्री मतभेदलाई सार्वजनिक गरेको छ ।

एमाले नेतृत्वले भने भट्टराईको असहमतिको विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। तर पार्टीभित्रको उभिन्न विचार र निर्णय प्रक्रियामा चुनौती उत्पन्न भएको देखिन्छ।