एन्फाको निर्वाचन उच्च अदालतको आदेशले स्थगित, यथास्थितिमा राख्ने निर्णय

User Image Prime TV News एक महिना अगाडि
Image of एन्फाको निर्वाचन उच्च अदालतको आदेशले स्थगित, यथास्थितिमा राख्ने निर्णय

काठमाडौ । अखिल नेपाल फुटबल संघको निर्वाचन उच्च अदालत पाटनको आदेशले स्थगित भएको छ।

न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रक्रिया अन्तिम निर्णय नभएसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्य रुपेश अधिकारी र रविन्द्र चन्दले रिट दर्ता गर्दै निर्वाचन रोक्न अदालतको मद्दत मागेका थिए।

रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फा निर्वाचन समिति विपक्षी बनाइएका छन्। अदालतले विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ। अदालतको यस निर्णयसँगै एन्फाको निर्वाचन प्रक्रिया अस्थायी रूपमा स्थगित भएको छ।