प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारी बिच बालुवाटारमा छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँग आइतबार बालुवाटारमा बैठक गरी निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल गरेकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार, बैठकमा चुनावी प्रक्रिया पारदर्शी, निष्पक्ष र सुरक्षित बनाउने उपायहरूबारे छलफल भएको थियो। यस बैठकले आगामी निर्वाचन तयारीमा सरकार र आयोगबीच सहकार्य र समन्वयलाई थप सुदृढ गर्ने बिषयमा केन्द्रीत हुने बताईएको छ ।












