निर्वाचन आयोगले आज राति १२ बजेपछि आचारसंहिता लागू गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
आयोगका अनुसार आइतबार बसेको बैठकले मतदान प्रक्रिया स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले जनाएको छ कि आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी आचारसंहिता तयार पारिएको हो। यसले चुनावी वातावरणमा स्वच्छता, मितव्ययिता र निष्पक्षता कायम गर्न मद्दत गर्नेछ।
प्रतिनिधिसभा चुनाव २१ फागुनमा तोकिएको छ भने आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम ६ माघमा सुरु गर्ने निर्णय गरेको छ।













