गण्डकीका सबै १८ क्षेत्रमा नेकपाको उम्मेदवार तय, टिकट वितरण सकियो

User Image Prime TV News एक महिना अगाडि
Image of गण्डकीका सबै १८ क्षेत्रमा नेकपाको उम्मेदवार तय, टिकट वितरण सकियो

काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले गण्डकी प्रदेशका सबै १८ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले उम्मेदवारलाई नै बोलाएर प्रत्यक्ष रूपमा टिकट वितरण गरेको जनाएको छ।

गोरखा–१ बाट हरिराज अधिकारी (कुमार) र गोरखा–२ बाट लेखनाथ न्यौपाने उम्मेदवार बनेका छन्। तनहुँ–१ मा विद्यानाथ ढकाल र तनहुँ–२ मा सोमबहादुर थापा चयन भएका छन्। लमजुङबाट हरिजङ तामाङलाई टिकट दिइएको छ।

यसअघि लमजुङबाट चुनाव लड्दै आएका नेता देव गुरुङ यसपटक मनाङबाट उम्मेदवार बन्ने भएका छन्। उनको टिकट औपचारिक घोषणा हुन बाँकी रहे पनि मनाङबाटै उम्मेदवारी पक्का भएको नेकपा स्रोतले जनाएको छ।

कास्की–१ बाट राजकाजी गुरुङ (करण), कास्की–२ बाट हेमबहादुर थापा (किरण) उम्मेदवार बनेका छन्। कास्की–३ बाट प्रेम पौडेलको नाम तय भए पनि औपचारिक घोषणा बाँकी रहेको नेकपा गण्डकी अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन्।

पर्वतबाट पूर्वपत्रकार मनहरी तिमिल्सिना, म्याग्दीबाट अर्जुन थापा उम्मेदवार बनेका छन्। बागलुङ–१ बाट कृष्ण केसी र बागलुङ–२ बाट ज्ञामनाथ गैह्रे उम्मेदवार चयन भएका छन्। मुस्ताङमा ङुटुक गुरुङलाई उम्मेदवार बनाइएको छ।

स्याङजा–१ बाट शैलेन्द्र घिमिरे र स्याङजा–२ बाट पदम विक उम्मेदवार बनेका छन्। नवलपुर–१ मा लोकप्रसाद भुर्तेल र नवलपुर–२ मा गणेशमान महतो उम्मेदवारका रूपमा टुंगिएका छन्।

गत निर्वाचनमा नेकपामा आबद्ध प्रमुख दल नेकपा माओवादीले गोरखा–१ र बागलुङ–२ जितेको थियो।