झापामा रास्वपाको आक्रामक रणनीति, ओलीविरुद्ध बालेन मैदानमा

User Image Prime TV News एक महिना अगाडि
Image of झापामा रास्वपाको आक्रामक रणनीति, ओलीविरुद्ध बालेन मैदानमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

सबैभन्दा ठूलो राजनीतिक भिडन्त झापा क्षेत्र नम्बर ५ मा देखिने भएको छ। उक्त क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन्।

ओलीसँग सीधा टक्कर दिन बालेनले महानगर प्रमुख पदबाट राजीनामा दिइसकेका छन्। झापा क्षेत्र नम्बर २ मा एमालेका प्रभावशाली नेता तथा पूर्वसभामुख देवराज घिमिरेसँग पूर्व उपसभामुख इन्दिरा राना मगर प्रतिस्पर्धामा उत्रिने भएकी छन्।

यो क्षेत्र पनि प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। रास्वपाले झापा क्षेत्र नम्बर १ मा निशा डाँगीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर ३ मा प्रकाश पाठक र क्षेत्र नम्बर ४ मा शम्भु ढकाल उम्मेदवार बनेका छन्।