जसपा नेपालका नेता प्रदीप यादव एमालेमा प्रवेश, पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of जसपा नेपालका नेता प्रदीप यादव एमालेमा प्रवेश, पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने तयारी

काठमाडौ । पूर्व खानेपानी मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले जसपा नेपाल परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।

यादव गएराति भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा एमालेमा आबद्ध भएका हुन्।

एमाले अध्यक्ष ओलीले यादवलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्। यसअघि सम्पन्न निर्वाचनमा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यादवको एमाले प्रवेशलाई मधेस राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।