खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिए

User Image Prime TV News एक महिना अगाडि
Image of खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिए

काठमाडौ । खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले राजीनामा दिएको जानकारी दिएका हुन्। यद्यपि, हालसम्म उनको राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन। “मन्त्री र म सँगै छौँ। उहाँले हिजो राजीनामा दिनुभएको हो,” यादवले बताएका छन्। गुप्ता गत कात्तिक ९ गते खेलकुदमन्त्रीमा नियुक्त भएका थिए।

राजीनामा स्वीकृत हुन बाँकी रहेकाले गुप्ता पार्टीका औपचारिक कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्। स्रोतका अनुसार, सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको सभामा उनी सहभागी नहुने निश्चित छ।

यसअघि सोमबार बिहान गुप्ता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सँगै सिरहा पुगेका थिए। उनीहरूले मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका थिए। सोही दिन मेयर शाह जनकपुरमा हुने रास्वपाको सभामा सहभागी हुने कार्यक्रम छ।