स्थिरताको लागि प्रत्यक्ष कार्यकारी नेतृत्व आवश्यः प्रचण्ड
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको वर्तमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न सकिने बताएका छन्। संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले दशकअघिको फरक मत अहिले आएर समयानुकूल प्रमाणित भएको दाबी गरे।
प्रचण्डले संविधान निर्माणको बेला माओवादीले राखेको धारणा–प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र पहिचानको आधारमा अधिकारको सुनिश्चितता ,त्यो बेला अस्वीकार गरिएको भए पनि अहिलेको राजनीतिक परिस्थिति र जेनरेसन जेनजीको आन्दोलनले ती विषयको औचित्य फेरि उठाएको बताए ।
"त्यतिबेला हामीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा स्पष्ट मत राखेका थियौं। बहस भयो, तर सहमति जुटेन। आज जेनजीको आन्दोलनले ती प्रस्ताव सही रहेको प्रमाणित गरिदिएको छ", उनले भने।
ठूला भनिने दलहरू कांग्रेस र एमाले प्रति कटाक्ष गर्दै दुई दलहरूको अहंकार र दूरदृष्टिको अभावले अहिले देश यस्तो संकटमा पुगेको दावी गर्दै प्रचण्डले अहिलेको परिस्थिति सुधार गर्न संविधानमा पुनः संशोधन आवश्यक रहेको धारणा राखे ।







