नेकपाले सुदूरपश्चिम प्रदेशका १६ क्षेत्रका उम्मेदवार टुंग्यायो

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपाले सुदूरपश्चिम प्रदेशका १६ क्षेत्रका उम्मेदवार टुंग्यायो

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले पूर्वमन्त्री, मेयर, मुख्यमन्त्री र पूर्वगृहमन्त्रीसम्मका नेताहरूलाई समेटेर बलियो चुनावी तयारी गरेको छ।

नेकपाका नेता जनक बुढाले सुदूरपश्चिमका सबै क्षेत्रका उम्मेदवार तोकिएको जानकारी दिएका छन्। कैलाली–१ मा टीकापुर मेयर रहिसकेका रामलाल डगौंरा थारु, कैलाली–२ मा राजेन्द्र साउद, कैलाली–३ मा विरमान चौधरी, कैलाली–४ मा हरिराम चौधरी उत्सव र कैलाली–५ मा पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आले मगर उम्मेदवार रहेका छन्।

कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगर, कञ्चनपुर–२ मा युवा नेता माधव पन्त, कञ्चनपुर–३ मा पूर्वमन्त्री मानबहादुर सुनार र अछाम–१ मा पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री भीम रावल चुनावी मैदानमा होमिने भएका छन्। अछाम–२ मा माओवादी पृष्ठभूमिका शरदसिंह भण्डारी र डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट उम्मेदवार बनाइएका छन्।

डडेल्धुरा–१ मा मानसिंह माल, दार्चुला–१ मा लक्ष्मणदत्त जोशी, बझाङ–१ मा मीनबहादुर कुवर, बैतडी–१ मा परमानन्द भट्ट र बाजुरा–१ मा पूर्वमन्त्री प्रकाश शाहलाई टिकट दिइएको छ । उम्मेदवारहरूको पृष्ठभूमि हेर्दा १० जना पूर्व नेकपा माओवादी केन्द्र, ३ जना नेकपा एकीकृत समाजवादी, १ जना नागरिक उन्मुक्ति पार्टी, १ जना मातृभूमि जागरण अभियान र १ जना एमाले पृष्ठभूमिका नेता रहेका छन्।