टिकट नपाउँदा यज्ञजित शाहले छाडे एमाले
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा र पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले छाडेका छन्।
शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै आफ्नो राजीनामा पठाएका हुन्। उनले रुपन्देही–३ बाट उम्मेदवार बन्न चाहँदा पार्टीले वासुदेव घिमिरेलाई टिकट दिएको थियो । घिमिरेलाई टिकट दिएसंगै उनी असन्तुष्ट बनेका थिए ।
राजीनामा पत्रमा शाहले पार्टीमा अवसरवादी सदस्यहरू धेरै रहेको भन्दै बस्न औचित्य नभएको बताएका छन्। शाहले करिब ९ वर्षअघि केपी ओली र विष्णु पौडेलसँग भेटेर एमाले प्रवेश गरेका थिए। उनी ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन्।












