डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार

User Image Prime TV News एक महिना अगाडि
Image of डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार

काठमाडौ । गतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन्।

भट्टराई सचिवालयका अनुसार डा. भट्टराई मनोनयन दर्ता गर्न र निर्वाचन क्षेत्रको जनमत बुझ्न गोरखा पुगेका छन्। डा. भट्टराईले यसअघि फागुनमा हुने निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका थिए। उनले यस अघि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका थिए ।

उक्त क्षेत्रमा अहिले नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ पौडेलले उम्मेदवारी दिएका छन्।