निर्वाचनमा शान्ति सुरक्षा अझै पूर्ण छैनः अध्यक्ष ओली
Prime TV News एक महिना अगाडि 
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्था अझै पूर्ण नभएको बताएका छन्।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “सरकारले निर्वाचनका लागि सुरक्षा प्रबन्ध पर्याप्त बनाएको छैन। समाजमा विभिन्न प्रकारका अपराधका घटना अझै भइरहेका छन् र निर्वाचन आयोगमाथि पनि प्रश्न उठिरहेको छ।”
यद्यपि उनले जस्तोसुकै अवस्थामा पनि एमाले चुनावमा भाग लिने, तर निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनको लागि सुरक्षा अवस्था सुधारिनु पर्नेमा स्पष्ट पारे । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर पाँच कुनैपनि हिसाबले निर्वाचनको इपिसेन्टर नरहेको पनि बताए । उनलाई सञ्चारकर्मीले झापा–५ चाहिँ इपिसेन्टर बन्यो नि ? भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले भनेका छन्, ‘के को इपिसेन्टर हुन्छ ? वाइयात कुरा ।’












