जनमत पार्टीले उम्मेदवार भोलिसम्म टुंगो लगाउने

User Image Prime TV News एक महिना अगाडि
Image of जनमत पार्टीले उम्मेदवार भोलिसम्म टुंगो लगाउने

काठमाडौ । जनमत पार्टीले आगामी निर्वाचनका लागि आफ्ना उम्मेदवार भोलिसम्म टुंगो लगाउने भएको छ । 

पार्टी अध्यक्ष सीके राउतले भने, “हाम्रो पार्टीको उम्मेदवार अझै टुंगिन सकेको छैन। भोलिसम्म हामी टुंगो लगाउँछौँ।” उनले आफू भने पुरानै निर्वाचन क्षेत्र, सप्तरी–२ बाटै चुनाव लड्ने पनि स्पष्ट पारे । राउतले थपे, “साथीहरूको उम्मेदवार टुंगो लगाउन अझै बाँकी छ।”