स्वागत नेपाल राप्रपामा प्रवेश, झापा–२ बाट उम्मेदवारी दिने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । कानुन व्यवसायी स्वागत नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।
सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई औपचारिक रूपमा स्वागत गरे। राप्रपा प्रवेशसँगै नेपाल झापा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने तयारीमा छन्। अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिसकेका छन्।
पार्टी अध्यक्ष लिङ्देनले यसपटक राजसंस्थावादी भोट एकत्रित गर्न विभिन्न व्यक्तिहरूलाई पार्टीमा भित्र्याइरहेका छन् ।












