नेपाली कांग्रेसले डा. गोविन्दराज पोखरेललाई प्युठानबाट उम्मेदवार बनायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले डा. गोविन्दराज पोखरेललाई आगामी निर्वाचनका लागि प्युठान क्षेत्रबाट उम्मेदवार बनाएको छ।
टिकट पाए संगै पोखरेल अहिले काठमाडौंबाट प्युठान हिडेका छन्। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नेता शेखर कोइराला निकट पोखरेलसँग निरन्तर संवादमा थिए। एक पदाधिकारीका अनुसार, निर्वाचनमा मिलेर जाने सैद्धान्तिक सहमति पछि उनलाई टिकट दिइएको हो।
पोखरेलले अघिल्लो निर्वाचन २०७४ सालमा तत्कालीन बाठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पराजय भोगेका थिए। त्यसपछि २०७९ सालमा गठबन्धनबाट दुर्गा पौडेल उम्मेदवार बनेका कारण पोखरेल उम्मेदवार बन्न पाएका थिएनन्।












