आशिका तामाङ रास्वपाबाट धादिङ-१ का लागि उम्मेदवार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सामाजिक अभियन्ताका रुपमा चिनिएकी आशिका तामाङ राष्ट्रिय समाजवादी पार्टी बाट धादिङ-१ क्षेत्रको उम्मेदवार बनेकी छन्।
उनले पहिले काठमाडौं-२ वा ९ क्षेत्रलाई प्राथमिकता दिन स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर जन्मथलो धादिङ फर्केर रास्वपा मार्फत चुनाव लड्ने निर्णय गरेकी हुन्। आशिकाले पार्टीमा प्रवेश गर्नुअघि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन्।
उनको प्रस्ताव अनुसार तीन जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूची मा समेट्ने र केन्द्रीय समितिमा लैजाने सहमति भएको छ। सामाजिक अभियान र सरसफाइमा सक्रिय रहिएकी आशिका लामो समय जर्मनी बसाइपछि चुनावी अभियानका लागि नेपाल फर्किएकी हुन्। उनले धादिङमा विभिन्न सामाजिक कामहरु पनि सञ्चालन गरिसकेकी छन्।
रास्वपा पार्टीले आशिकालाई उम्मेदवार बनाएसँगै धादिङ-१ मा आगामी चुनावमा उनको सहभागिता चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।












