रहबर अन्सारी रास्वपामा प्रवेश, मधेशमा विकासको नयाँ युग सुरु गर्ने प्रतिबद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of रहबर अन्सारी रास्वपामा प्रवेश, मधेशमा विकासको नयाँ युग सुरु गर्ने प्रतिबद्धता

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको नयाँ युग सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै अन्सारीले अघिल्ला नेतृत्वले धेरै भाषण गरे पनि मधेशी जनताको सपना जमिनमुनि गाडिएको भन्दै अब ती सपनालाई पुनः जीवन्त बनाइ विकासको विगुल फुकिने बताए।

उनले भने, “हिजो धेरै भाषण गरियो, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडिएको छ। अब यहाँको इमानदार नेतृत्व र निष्ठाका साथ हामी सबैको प्रयासले ती गाडिएका सपना निकालेर ज्वालामुखीझैं मधेशबाट देशको विकासको विगुल फुक्नेछ।”

साथै, उनले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको मधेशले उच्च मूल्यांकन गरेको उल्लेख गरे। अन्सारीले मधेशले शान्ति, संघर्ष र परिवर्तनको शक्ति बुझेको भन्दै, अब मधेशको प्रतिनिधि देशको नेतृत्वको केन्द्रमा देखिनुपर्ने चाहना व्यक्त गरे।

उनले जोड दिए, “रास्वपा शान्ति र निलो रङको पहिचान हो। मधेशको छोरा प्रधानमन्त्रीको रूपमा देखिनु पर्छ भन्ने चाहना रास्वपाले अघि सारेको छ। रवि लामिछानेको त्याग र बालेन शाहको क्षमतालाई मधेशले उद्घोष गरिरहेको छ।”

यसैगरी, अन्सारीको रास्वपा प्रवेशले मधेशमा पार्टीको प्रभाव र विकास योजनालाई नयाँ गति दिन सक्ने आशा गरिएको छ।