पोखरामा नागरिक सभापछि दुर्गा प्रसाई पक्राउ, काठमाडौं ल्याइँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। कास्की प्रहरीका अनुसार प्रसाई चाउथे क्षेत्रबाट पक्राउ परेका हुन्। सभालाई सम्बोधन गरी फर्कँदै गर्दा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरीले प्रसाईलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिरहेको जनाएको छ। पक्राउको कारणबारे भने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन। प्रसाईमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो । आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको हो ।
कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईले एक भिडियो सार्वजनिक गरेका थिए । यहि विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले प्रहरीका दुई कार्यालयलाई पत्राचार गरेको थियो ।












