नेकपा नेता बामदेव गौतम प्रतिनिधि सभा निर्वाचनबाट पछि हटे

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा नेता बामदेव गौतम प्रतिनिधि सभा निर्वाचनबाट पछि हटे

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपाले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार सोमबार सार्वजनिक गर्दा गौतमको नाम सूचीमा समेटिएको छैन। पार्टीले उनलाई बर्दिया–१ बाट उम्मेदवार बन्न प्रस्ताव गरे पनि गौतमले त्यसलाई स्वीकार नगरेको स्रोतले जनाएको छ।

राष्ट्रिय सभा सदस्य रहँदै आएका गौतमले प्रतिनिधि सभाको टिकट पाउने अपेक्षामा केही दिनअघि पदबाट राजीनामा दिएका थिए। तर अन्ततः उनले निर्वाचन नलड्ने निर्णय गरेका हुन्। गौतमको निर्वाचनबाट पछि हट्ने निर्णयलाई पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरण र आगामी रणनीतिसँग जोडेर हेरिएको छ।