जगदीश खरेल रास्वपाबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारीमा

User Image Prime TV News एक महिना अगाडि
Image of जगदीश खरेल रास्वपाबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारीमा

काठमाडौ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारी गरेका छन्। उनी आजै मन्त्री पदबाट राजीनामा दिने तयारीमा रहेको बताईएको छ ।

ललितपुर बालकुमारीका स्थायी बासिन्दा खरेलले ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनका अनुसार उनी साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय सार्वजनिक गर्नेछन्। स्रोतले “लगभग उम्मेदवार बन्ने निश्चित भएको छ। ललितपुर–२ बाटै उठ्नुहुनेछ” भनी जानकारी दिएका छन्।

खरेल फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको जिम्मेवारीसहित सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए। सरकारमा रहँदा रास्वपाप्रति अनुकूल भूमिका खेलेको आरोप लागेपछि प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन सल्लाह दिएकी थिइन्।

यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन् भने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा मन्त्री पदबाट राजीनामा दिएका थिए।